अशं टेर्लस एण्ड साईकल पसल

Case study

भनिन्छ महिला पुरष एकै रथका दूई पांग्रा हुन भनेझै छविलाल परियार नवलपरासी जिल्लामा आफ्ना विगतका दिनहरुलाई सम्झेर हेर्दा समाजले दिएको एउटा दर्जा दलित शव्दले उनको मन सधैँ छुने गर्दथ्यो । जसले गर्दा छविलाल आफ्नो गाँउमा एक्लो भएका थिए थारु र वोटे समुदायको वाक्लो उपस्थिति रहेको उनको समुदायमा उनको एक्लो दलित परिवारर थियो । दलित भएको कारण सामाजिक रुपमा उनि एक्लिएका थिए, पेशाले उनले आफ्नै पुख्यौली पेशा कपाडा सिलाउने काम गर्दथे छविलाल आफ्नो पेशालाई प्रतिकुल मान्दै ग्रामिण ईलाकामा साईकलको एउटा सानो पसल खोल्न पुगे । कामलाई लैङ्गिक रुपमा समान रुपले बाँडेर हेर्नुपर्ने भन्ने छलि जव ७ दिने उद्यमशिलता विकास तालिम लिन पुगे जुन तालिम ले उनको जिवनमा नयाँ ढोका खुल्न पुग्यो । जसको परिणाम स्वरुप उनले आफ्नो परिवारको लागि सानो टेर्लस र आफ्नो लागि साईकल पसल विधिवत रुपमा कावासोति नगरपालीकामा अंश टेर्लस एण्ड साईकल पसल नामक पसल  दर्ता गरि संचालन गरे ।
 
पसलको स्तर वृद्धि गर्नको लागि पुजिँको आवश्यक पर्ने हुँदा स्थानिय लघुवित्तिय संस्थासंग सहकार्य गरि दुई वटा मेशीन खरिद गरेका छन जसवाट श्रीमतिले समेत राम्रो कमाई गर्न सफल भएकि छन् ।  साथै साईकल मर्मतको लागि आवश्यक पर्ने औजार सेट उद्यमशिलता विकास तालिम प्रदान गरेको संस्थाको हरियो वन कार्यक्रम अन्र्तगत फ्रिप्याडले वितरण गरेपछि उनमा झनै उत्साह छाएको छ । जसको परिणाम स्वरुप अहिले छविलाई समाजले समेत दलित भनेर भेदमाव गर्न छाडेका छन् ।

साथै उनले यस कार्यक्रमलाई आफ्नो हृदयवाटै धन्यवाद दिन्छन र यस्ता कायक्रम पुन नया योजनाका साथ आउनका लागि अनुरोध पनि गर्दछन ।